
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटर सन्दीप लामिछानेलाई खेलमा फर्काउन सोचिरहेको बताएका छन् । बिहीबार पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले क्रिकेटर लामिछानेलाई खेलमा फर्काउन क्यानले सोचिरहेको बताएका हुन् ।
‘सन्दीप लामिछाने नेपालको लागि चाहिने खेलाडी हुन् भन्ने कुरामा कुनै दुई मत छैन’, अध्यक्ष चन्दले भने, ‘आइसिसीले क्यानलाई कानुन अनुसार अघि बढ्न भनेको छ । हामी त्यो विषयमा सोचिरहेका छौं ।’ नाबालिग बलात्कार आरोपमा जेल चलान भएका क्रिकेटर लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित रिहा गरेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।