
काठमाडौँ : लुम्बिनीमा नयाँ सरकार गठबन गर्न सत्ता गठबन्धनले दाबी पेश गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले ८ दलको समर्थनमा मुख्यमन्त्री बन्न प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् ।
८ दलीय घटकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीलगायत ८ दलको समर्थनमा चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
एमालेका लिला गिरीले नेतृत्व गरेको लुम्बनी सरकारबाट बाहिरिएर नयाँ सरकार बनाउन आजै माओवादीका ३ जना मन्त्रीले राजीनामा दिएका थिए ।
चौधरीले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनमा दाबी पेश गरेको उल्लेख गरेका हुन् ।
यस्ताे छ दाबी

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।