नेपालले क्यानडालाई चार विकेटले हरायो

२०८० माघ २७, शनिबार

काठमाडौं : क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । जितसँगै नेपालले तीन खेलको शृंखलामा २-० ले अग्रता हासिल गरेको छ । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार