कञ्चनपुरमा भाइलाई बन्चरो हानेर दाजु फरार

२०८० माघ २८, आईतवार

कैलाली : कञ्चनपुरमा बन्चरो हानेर एक जना फरार भएका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–९ मा आफ्नै मामाको छोरालाई बन्चरो हानेर ४० वर्षीय रुद्रे भुल फरार भएको इलाका प्रहरी कार्यालय झलारीले जानकारी दिएको छ ।

शनिवार राति जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बन्चरो प्रहार गरेर रुद्रे भुल फरार भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीर बहादुर बुढाऐरले जानकारी दिए ।

उनकाअनुसार घाइते डम्मरको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। बन्चरो प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुवै जना सँगै सुतेको अवस्थामा बन्चरो प्रहार गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बुढाऐरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार