धनकुटामा आगलागीबाट एक घरमा क्षति

२०८० माघ २९, सोमबार

धनकुटा : धनकुटाको महालक्ष्मी-३ डाँडागाउँमा सोमबार बिहान आगलागीबाट एक घरमा क्षति पुगेको छ । स्थानीय कुलबहादुर थापाको घरमा बिहान करिब साढे ८ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

विद्युत् सर्ट भएर घरमा आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । स्थानीयबासी तथा प्रहरीको मद्दतबाट डेढ घण्टापछि आगो नियन्त्रणमा आएको उनले बताए ।

घटनामा मानवीय क्षति नभएपनि ढुंगामाटोले बनेको दुई तले उक्त घरको माथिल्लो तला पूर्ण रुपमा जलेर क्षति पुगेको छ । लत्ताकपडा, भाडाकुडा, अन्नपात लगायत घरभित्रका अधिकांस सामान जलेर नष्ट भएको छ । घटनामा करिब १५ लाख बराबरको क्षति पुगेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार