राष्ट्रपति पौडेलले दिए मेनुकालाई बधाई

२०८० माघ २९, सोमबार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले इन्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल नेपाली गायिका मेनुका पौडेललाई बधाई दिएका छन् । सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले उनलाई धन्यवादसहित सम्मानसमेत व्यक्त गरेका हुन् ।

मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । मेहनत र क्षमता देखाएर देशका छोराछोरीले मुलुकको शान र गौरव बढाउने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार