रुसले क्यान्सरको भ्याक्सिन चाँडै सार्वजनिक गर्ने

२०८० फाल्गुन ४, शुक्रबार

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् ।

परीक्षणको चरणमा रहेको र उनीहरू सफलता नजिक रहेको पनि रुसी राष्ट्रपति पुटिनको भनाई छ । सरकारी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले क्यान्सर रोगविरुद्धको खोप चाँडै नै सर्वसाधारणका लागि उपलब्ध गराइने पनि बताए । यद्यपि, उनले यो खोपले कुन विशेष प्रकारको क्यान्सर विरुद्ध काम गर्छ वा सबैमा काम गर्छ भन्ने स्पष्ट गरेनन् ।

क्यान्सरको प्रभावकारी उपचार विगत केही दशकदेखि विश्वभर खोजी भइरहेको छ । अहिले जर्मनीको कम्पनी बायोटेक, अमेरिकी कम्पनी मोडर्ना र मर्कले क्यान्सर भ्याक्सिनमा काम गरिरहेका छन् । तथापि, यी सबै एक विशेष प्रकारको क्यान्सरमा सीमित छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
4
+1
4
+1
4
+1
103
+1
36
+1
13

ताजा समाचार