यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०८० फाल्गुन १५, मंगलवार

काठमाडौँ : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३२ रुपैयाँ ९३ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०१ पैसा र बिक्री दर १६८ रुपैयाँ ७७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार