कुशल मल्लको सर्वाधिक छिटो टि–२० शतकको किर्तिमान नेपालविरुद्धकै खेलमा तोडियो

२०८० फाल्गुन १५, मंगलवार

काठमाडौं : नामिबियाका जेन निकोल लोफ्टी–इटनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतकको नयाँ किर्तिमान बनाएका छन् । उनले नेपालका कुशल मल्लको कीर्तिमान तोडेका हुन् ।

त्रिवि क्रिकेट मैदान कीर्तपुरमा ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको कीर्तिमान तोडेका हुन् । यसअघि कुशलको नाममा रहेको ३४ बलमा शतक टि–२० अन्तर्राष्ट्रियको सर्वाधिक छिटो शतक थियो ।

कुशलले एसियाली खेलकुद अन्तर्गत चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए । निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गरेका हुन् । कुशलले ६ चौका र ९ छक्का हानेर शतक पूरा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार