केपी ओलीले विद्यालय भवन उद्घाटन गर्ने भएपछी मेयरले गरे कार्यक्रम स्थगित

२०८० फाल्गुन १५, मंगलवार

इटहरी : इटहरीको कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन कार्यक्रम स्थगित भएको छ । कार्यक्रम स्थगित भए पछि इटहरीमा किचलो सुरु भएको हो ।

इटहरी उपमहानगरपालिका वडा नं.४ मा रहेको नवनिर्मित भवनको उद्घाटन फाल्गुण १६ गते पूर्व प्रधानमन्त्री एवं प्रतिनिधि सभाका विपक्षी दलका नेता खड्ग प्रसाद ओलीले गर्ने कार्यक्रम स्थगित भए सँगै नेकपा एमालेले जसरी पनि केपी ओलीलाई ल्याएर कार्यक्रम गर्ने बताइएको छ । आगामी फाल्गुन १६ गतेका लागि तय भएको भवन समुद्घाटन कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री ओली इटहरी आउने खबरले अत्यन्त हर्षित एवं उत्साहित हुँदाहुँदै उक्त कार्यक्रमलाई सभ्य, भव्य, अनुशासित र मर्यादित बनाउन तत्काललाई स्थगित गरिएको नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिएका छन् ।

मुलुकको प्रधानमन्त्री भइसकेको राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली उपस्थिति भएको व्यक्तित्व इटहरी आउनु समग्र इटहरीकै लागि उत्साहको विषय भएको तर कार्यक्रम व्यवस्थापनको आवश्यक तयारी गर्न समय नभएपछि कार्यक्रम स्थगित गरिएको इटहरी उपमहानगरपालिकाको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार