चितवनमा छात्रा मृत्यु प्रकरणमा प्रिन्सिपलसहित ३ जना पक्राउ

२०८० फाल्गुन १६, बुधबार

काठमाडौँ : चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा छात्राको शंकास्पद मृत्यु भएको छ । कक्षा ८ मा पढ्ने १४ वर्षीया शालिन पोखरेल शनिवार मृत भेटिएकी हुन् ।

झुण्डिएको अवस्थामा खबर आएपछि घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए । डीएसपी भण्डारी भन्छन्,‘घटनामा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ । ’प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ । शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् । बुवा र आमा सम्बन्ध बिच्छेद गरेर उनकी आमा दुबई र बुवा काठमाडौँमा बस्छन् । उनी पछिल्लो समय रत्ननगर–१५ स्थित माधवपुरमा रहेको मामाघरमा बस्थिन् ।

डोरी लगाएर पंखामा झुण्डिएको अवस्थामा प्रहरीले शव बरामद गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । पक्राउ गरिएकाहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार