अमेरिकामा एरिकाले जितिन् स्वर्ण र रजत

२०८० चैत्र १९, सोमबार

काठमाडौं : अमेरिकामा भएको यूएस ओपन इन्टरनेशनल कराते च्याम्पियनसिपमा नेपाली खेलाडी एरिका गुरुङले १ स्वर्ण र १ रजत जितेकी छन् ।

गएराति भएको खेलमा क्यानडाकी खेलाडीलाई हराउँदै एरिकाले यू-२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले फाइनलमा ९-० ले पराजित गरिन् ।

एरिकाले सिनियर इलिटको ६८ केजीमाथीतर्फ रजत पदक जितेकी छन् । उनले फाइनलमा अमेरिकी खेलाडीसँग ३-२ ले पराजित हुँदा रजत पदक हात पारेकी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार