नायिका पूजा शर्मालाई प्रश्न : बाइक चढ्दैमा एक्सन फिल्म हुन्छ र ?

२०८० चैत्र १९, सोमबार

काठमाडौँ : आफ्नै बोलीका कारण विवादमा तानिने गर्छिन्, नायिका पूजा शर्मा । कहिले फिल्म चलाउने स्टण्ट गर्छिन् त कहिले सामाजिक सञ्जालमा टिकाटिप्पणी गरिरहन्छिन् ।

पूजा अभिनीत फिल्म ‘दान्भी’ यही जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । जसमा पूजाले केही तस्विरहरू सार्वजनिक गरेकी छन् । जहाँ, पूजाको एक्सन अवतार देख्न सकिन्छ । उनलाई हार्ले डेभिडसन बाइकका साथमा देख्न सकिन्छ ।

फिल्ममा पूजाको इन्ट्री भव्य देखाउन निर्माण पक्षले हरसम्भव प्रयास गरिरहेको बताउँछ । साथै, केही समयअघि एक्सन रहेको टिजर सार्वजनिक भएसँगै त निर्माण पक्षले नेपाली फिल्ममा यतिको एक्सन अवतार भएको सायदै कमैमात्र देखेका छन् भन्दै डंका पिटिरहेको छ ।

यता पूजाले पनि सुटिङको लास्ट दिनको फोटो हाल्दै आफू फाइट गर्न तयार रहेको र आफूलाई सामान्य नलिन अनुरोध गरिरहेकी छन् । उनले लगातार ‘दान्भी’को सुटिङका बाइकमा बसेको फोटो सार्वजनिक गरिरहेकी छिन् ।

उसो त अनमोलसँग टक्कर गर्न होमिएकी छिन् पूजा । किनकि यस मितिमा नायक अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म फर्की फर्की पनि प्रदर्शन हुँदैछ ।
यस कारण पनि पूजा हर हिसाबमा अनमोलसँग युद्ध चाहान्छिन् । जसरी हुन्छ जेठ १० गते अनमोलसँग प्रतिस्पर्धा गर्न पूजा अग्रसर भएकै देखिन्छ ।

पूजाले फिल्म ‘दान्भी’ सोही दिन रिलिज गराएर अनमोलको फिल्म ‘फर्की फर्की’लाई कमजोर बनाउन रणनीति बनाएको फिल्म वृतमा चर्चा नै भइरहेको छ ।

यसरी फिल्मको एकोहोरो एक्सन एक्सन भन्दै प्रचार प्रसार गरिरहँदा कतिले पूजाका तस्विरलाई तारिफ गरिरहेका छन् त कतिले मजाक उडाएका छन् । स्ट्यान लगाएको बाइकमा चढेर हिरोपन्ति देखाएकाे भन्दै धेरैले पूजालाई मजाकमा उडाइरहेका छन् ।

स्पष्ट छ, सार्वजनिक तस्बिरमा स्ट्यान लगाइएकाे बाइकमाथि पूजाले पाेज दिएकी छिन् । सार्वजनिक तस्बिरले एक्सन भन्ने विषयमाथि नै मजाक बनाउँछ ।

फिल्म ‘दान्भी’मा पूजासँगै डेब्यू नायक कुन्साङ बोमजोम, किरण श्रेष्ठको मुख्य भूमिका छ । रुपेश तामाङ यो फिल्मका निर्देशक हुन् । यो फिल्ममा देव मगर र अनुप गडालको लगानी छ । पवन राना मगर फिल्मका कार्यकारी निर्माता हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार