नवौं अमरसिंह कप फुटबल ८ वैशाखदेखि

२०८० चैत्र १९, सोमबार

काठमाडौं : अमरसिंह क्लबको आयोजनामा अमरसिंह कप फुटबल प्रतियोगिताको नवौं संस्करण आगामी ८ वैशाखदेखि हुने भएको छ ।

प्रतियोगितामा सहभागिता हुन प्रति टिम १२ हजार रुपैयाँ दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ स्थित सोमतिर्थ खेल मैदानमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उपविजताले ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई ५ हजार नगर पुरस्कार र ट्रफी प्रदान गरिने जनाइएको छ ।
त्यस्तै प्रतियोगिताको उच्च गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई नगद ३ हजार पुरस्कार र ट्रफी प्रदान गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार