बरोडाविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल

२०८० चैत्र २०, मंगलवार

काठमाडौं : आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले भारतको स्टेट टिम बरोडासँग पहिले ब्याटिङ गर्ने भएको छ। बरोडाले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

नेपाली टिम : रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र अभिनास बोहरा। यसअघि नेपालले गुजरातलाई ८ विकेटले पराजित गरेको थियो।

गुजरातमा सुरु सिरिजमा नेपालले गुजरात र बरोडासँग दुई दुई वटा टी-२० खेल खेल्नेछ। एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिइएको प्रतियोगिताको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार