लखनउले आरसीबीलाई २८ रनले हरायो

२०८० चैत्र २१, बुधबार

काठमाडाैं : इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी संस्करणमा रोयल च्यालेन्जर्स बैंग्लोरले तेस्रो हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा लखनऊ सुपरसँग २८ रनले पराजित भएको हो । यो लखनउको दोस्रो जीत हो ।

१८२ रनको लक्ष्य पछ्याएको आरसीबी १९.४ ओभरमा १५३ रनमै समेटियो । आरसीबीका लागि महीपाल लोम्रोरले १३ बलमा सर्वाधिक ३३ रन बनाए । यस्तै रजत पतिडरले २९ तथा विराट कोहलीले २२ रन जोडे । फ्याफ डु प्लेसिसले १९ रन बनाए ।लखनऊका मयंक यादवले ३ विकेट लिँदा नभिन उल-हकले २ तथा मनिमरण सिद्धार्थ, यश ठाकुर र मार्कस स्टोइनिसले समान १-१ विकेट लिए ।

त्यसअघि बेंगलूरुकक घरेलु मैदान चिन्नस्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । लखनऊका लागि ओपनर क्विन्टन डीककले ५६ बलमा ८१ रन बनाए । यस्तै निकोलास पुरनले २१ बलमा ४१ रनको विष्फोटक इनिङ खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार