इलाम– २ मा कांग्रेसबाट खड्काकै बढी सम्भावना

२०८० चैत्र २१, बुधबार

काठमाडाैं : नेपाली कांग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम– २ मा डम्बर खड्कालाई नै उम्मेदवार बनाउने भएको छ। २०७९ मंसिरमा भएको निर्वाचनमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग झिनो मतान्तरले पराजित खड्कालाई नै कांग्रेसले उम्मेदवार बनाउने भएको हो।

यद्यपि बुधबार इलाम– २ को उपनिर्वाचनमा उम्मेदवार बन्न आकांक्षी अन्य नेतासँग पनि छलफल गरेर मात्र निर्णय गरिने एक पदाधिकारीले जानकारी दिए। आकांक्षी नेताहरूका विषयमा छलफल भएको जानकारी दिँदै ती पदाधिकारीले भने, ‘डम्बर खड्काकै बढी सम्भावना देखिएको छ।’त्यहाँबाट खड्कासहित भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई आकांक्षी छन्। त्यस्तै बझाङ (क) मा कांग्रेसले पृथ्वीबहादुर सिंहका छोरालाई उम्मेदवार बनाउने तयारी गरेको छ।

सिंहका छोरा अभिषेकसहित त्यहाँबाट सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय, नारायण हमाल र अभिषेक सिंहले इच्छा राखेका छन्। इलाम– २ मा एमालेले उक्त क्षेत्रमा उनकै छोरा सुहाङ नेम्वाङलाई अघि सारेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माओवादी केन्द्र छाडेर आएका मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार