हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

बेलायतमा रहेका म्यानमारका राजदूतलाई दूतावासभित्र पस्नै दिइएन

एजेन्सी । बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई राजदूतावासभित्र पस्नबाट रोकिएको छ । म्यानमारमा भएको सैन्य शासनको विरोध गर्दै आएका मिनले आफ्नै दूतावास प्रवेश गर्न नपाएको बीबीसीले जनाएको छ । उनले दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई भित्र प्रवेश गर्न नदिइएको बताएका छन् । अन्य कर्मचारी भित्रै रहेका बेला आफूलाई घण्टौँसम्म पनि प्रवेश गर्न नदिइएको उनले बताएका छन् ।

उनलाई अहिले बेलायतको प्रहरीले सुरक्षा दिइरहेको छ । गएको फेब्रुअरी १ तारिखमा म्यानमारका सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई हिरासतमा लिएपछि बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनले विरोध गर्दै आएका थिए । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको विरोध प्रदर्शनमा अहिलेसम्म बालबालिकासहित ५ सयभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्