हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

भारतमा एकैदिन एक लाख २६ हजारमा कोरोना संक्रमण पुष्टि

२६ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख २६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा एक लाख २६ हजार ७८९ नयाँ संक्रमित फेला परेका हुन् । अघिल्लो २४ घण्टामा भारतमा एक लाख १५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारत अहिले कोरोनाको दोस्रो लहरको सामना गरिरहेको छ।

गत फेब्रुअरीमा भारतमा दैनिक नयाँ संक्रमितको संख्या १० हजारभन्दा कममा झरेको थियो। तर, त्यसयता संक्रमणमा उल्लेख्य वृद्धि भएको हो । भारतमा अहिलेसम्म एक करोड २९ लाख नाघिसकेको छ। हाल भारतमा नौ लाखभन्दा धेरै सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ६८५ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ६६ हजार ८६२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। त्यस्तै छत्तीसगढमा १० हजारभन्दा संक्रमित फेला परेका छन् भने कर्नाटक र उत्तर प्रदेशमा कोरोनाका नयाँ संक्रमितको संख्या ६ हजारभन्दा बढी छ।

प्रतिकृया दिनुहोस्