हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

पत्रकार महासंघ चितवनको अध्यक्षमा नारायण प्रसाद अधिकारी निर्वाचित

चितवन । नेपाल पत्रकार महासंघ चितवनको अध्यक्षमा नारायण प्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । प्रेस युनियनका निवर्तमान अध्यक्ष समेत रहेका अधिकारीले
खसेको २६६ मतमा १४६ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी तिलक रिमालले ११२ मत प्राप्त गर्नुभयो । उहाँ प्रेस चौतारी ओली समूहबाट निर्वाचनमा हाेमीनु भएकाे थियाे । अध्यक्षमा उम्मेदवार दिनुभएका सूर्य प्रकाश कडेँलले ४ मत प्राप्त गर्नुभयो ।

कार्यसमितिको उपाध्यक्षमा अधिकारी प्यानलका प्रकाश ज्ञवालीले १३० मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी रिमाल प्यानलका रामकान्त पौडेलले १२४ मत मात्र ल्याउनुभयो । उपाध्यक्ष महिलामा प्रमिता ढकाल १४१ मत सहित विजयी हुनुभयो ।

सचिवमा दिपेन्द्र अधिकारी, समावेशी सह–सचिवमा उर्गेन, सह–सचिव खुल्लामा आनन्द पोख्रेल विजयी हुनुभयो । कोषाध्यक्षमा राजेन्द्र आचार्य विजयी हुँदा महिला सदस्यमा शोभा पुडासैनी, दलित सदस्यमा एलिना पोखरेल निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा तुलमान गुरुङ, वसन्त ढुङ्गाना, विप्लव काफ्ले, सरिता पौडेल, अनिल भट्टराई, विवेक पोखरेल, वविलाल तामाङ र ज्ञानेन्द्र तामाङ निर्वाचित हुनुभएको छ । सरिता महतो शाह यस अघिनै निर्विरोध निर्वाचित हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस्