हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

प्रधानमन्त्री ओलीकाे गृहजिल्ला झापामा प्रेस चाैतारीका उम्मेदवारले हारे, प्रेस युनियनका एकराज गिरीले जिते अध्यक्ष

पत्रकार महासंघकाे झापा शाखामा एकराज गिरीकाे प्यानलले २० मध्ये १६ सिटमा जित हात पारेकाे छ । प्रधानमन्त्री केपी ओलीकाे गृहजिल्ला झापामा उनीनिकट प्रेस चाैतारीका विशाल नेम्वाङको प्यानलाई पराजित गर्दै गिरीकाे टिमले वर्चस्व राखेकाे हाे ।

गिरीकाे प्यानल नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मिडिया नेपाल र स्वतन्त्र पत्रकारहरूको संयुक्त समूह हाे । याे प्यानलले २० मध्ये १६ पदमा जित निकालेकाे छ ।

अध्यक्ष जित्न प्रेस युनियनका गिरीले १ सय ५५ मत ल्याए भने उनका प्रतिद्वन्द्वी प्रेस चौतारीका विशाल नेम्वाङले ७४ मत पाए । अर्का उम्मेदवार तीर्थ सिग्देलले २६ मत ल्याए, उनी नेपाल–खनाल निकट प्रेस चौतारीबाट चुनावमा उठेका थिए ।

उपाध्यक्ष जितेका केशव भट्टराईले १ सय ३१ मत पाए भने हारेका गोपाल झापालीले ९६ र खेलकुद पत्रकार मञ्चका अध्यक्ष हिमालचन्द्र खरेलले २६ मत ल्याए ।

ओलीनिकट प्रेस चौतारीबाट आदिबासी/जनजातितर्फ सदस्य राजन साम्पाङ र खुला सदस्य अच्युतराज सुवेदी, अनिल वाग्ले र सुनिरा मैनालीले जित हासिल गरे । झापामा २ सय ६३ मतदाता छन् । यसमध्ये २ सय ५६ मत झरेकाे थियाे ।

प्रतिकृया दिनुहोस्