हाम्रो देश
८ बैशाख २०७८, बुधवार

यती एयरलाइन्सले ल्यायो सस्तो फ्लाइट

यती एयरलाइन्सले सस्तो फ्लाइट अफर ल्याएको छ।

प्रोमो कोड ‘यती सस्तो’मार्फत् आवश्यक ठाउँ अनुसारको सस्तो टिकट किन्न सकिने कम्पनीले जनाएकाे छ।

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौंदेखि विराटनगरसम्म दुई हजार, काठमाडौंदेखि पोखरा एक हजार ५ सय, काठमाडौदेखि भैरहवा एक हजार ७ सय, काठमाडौंदेखि भद्रपुर दुई हजार चार सय र काठमाडौंदेखि नेपालगञ्ज तीन हजार रुपैयाँमै टिकट किन्न सकिन्छ।

यो अफर बिहीबारदेखि शनिबारसम्म (चैत २६ देखि २८ सम्म) लागू हुने कम्पनीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्