हाम्रो देश
८ बैशाख २०७८, बुधवार

प्रदेश प्रमुख अहिराज हिमालमा

जोमसोम :    प्रदेश–२ का प्रदेश प्रमुख राजेश अहिराज अनौपचारिक भ्रमणका लागि बिहीबार मुस्ताङ आएका छन् ।उनी मनाङ हुँदै मुस्ताङ आएका हुन् ।

प्रदेश कार्यालयको सरकारी कामकाजबाट बचेको फुर्सिदिलो समय मिलाएर आफ्नै देश नजिकबाट चिन्ने÷बुझ्ने उद्देश्यले देश÷दर्शनमा निस्किने गरेको प्रदेश प्रमुख अहिराजले बताए ।

देश÷दर्शनले आन्तरिक पर्यटन प्रर्वद्धनमा योगदान पुग्ने उल्लेख गर्दै उनले भने, ‘आफ्नै देशका बारेमा जान्न÷बुझ्न र अनुभव बटुल्न नागरिक तयार हुनुपर्छ । यसो भए मात्र देशको पर्यटनमा योगदान पुग्छ ।’

हिमाल÷पहाडका नागरिक तराई र तराईका नागरिक हिमाल÷पहाड उक्लिएर आपसमा सद्भावना साट्न सकियो भने मात्र संस्कृति संरक्षणमा योगदान पुग्ने विश्वास उनले गरेका छन् । प्रदेश प्रमुख अहिराज मुक्तिनाथ दर्शन गरेर र्फिर्कने छन् ।

प्रतिकृया दिनुहोस्