हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

आज देखि मौसम खराबीले चार दिनसम्म आन्तरिक उडान बन्द

काठमाडौँ ।    मौसम प्रतिकूल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान चार दिन प्रभावित भएको छ । तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले केही आन्तरिक उडान रद्द भएको बताए ।

यान्त्रिक पद्धति (आईएफआर) बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको छ
अघिल्लो एक साता मौसम खराबीले उडान प्रभावित भएको थियो, त्यसपछि केही दिन मौसम सफा भए पनि गत २३ गतेदेखि फेरि उडान प्रभावित भएको हो । काठमाडौं उपत्यकासहित देशभरको आकाशमा बाक्लो तुवाँलो लागेकाले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित बनेको हो ।

प्रतिकृया दिनुहोस्