हाम्रो देश
८ बैशाख २०७८, बुधवार

झण्डै ९० वर्ष पुग्न लागेका चित्रबहादुर जनमोर्चामा पुनः अध्यक्ष

काठमाडौं ।     दलहरुमा नयाँ युवा पुस्तालाई नेतृत्व सुम्पने चर्चा चलिरहेको सन्दर्भमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अध्यक्षमा पुनः चयन भएका छन् । यहि चैत २४ देखि २६ गतेसम्म बुटवलमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट केसी पुनः अध्यक्ष निर्वाचित भएका हुन् ।

सम्मेलनले कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन् । त्यसैगरि नेता मोहनबिक्रम सिंहका पत्नी द्वितिय उपाध्यक्ष छन् भने प्रथम उपाध्यक्ष जनक भट्ट रहेका छन् । सम्मेलनले ४७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । बाग्लुङमा जन्मिएका केसीको उमेर ८७ वर्ष रहेको छ ।

प्रतिकृया दिनुहोस्