हाम्रो देश
५ बैशाख २०७८, आइतवार

फिल्म ‘कबड्डी’को चौँथो सिक्वेलमा मिरुना मगर

काठमाडौं –    फिल्म ‘कबड्डी’को चौँथो सिक्वेलमा अभिनेत्री मिरुना मगरको इन्ट्री भएको छ । फिल्म ‘लालपूर्जा’ बाट नेपाली चलचित्रमा अभिनेत्रीको रुपमा प्रबेश गरेकी मिरुना ‘कबड्डी’को चौथो सिरिजमा खेल्ने पक्का भएको हो ।

बेलायतमा बस्दै आएकी मिरुनाले यसअघि रोज, साइँनो र चच हुईंमा पनि काम गरिसकेकी छिन् । अभिनेता दयाहाङ राईको मूख्य अभिनय रहने यस फिल्मको छायांकन बैशाखबाट शुरु गरिने बताइएको छ ।

फिल्ममा दयाहाङ र मिरुनासँगै सौगात मल्ल, विजय बराल, वुद्दि तामाङ, पुष्कर गुरुङ, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहने भएको छ । यसअघिका फिल्म कबड्डी, कबड्डी कबड्डी, कबड्डी कबड्डी कबड्डी लाई दर्शकले निकै रुचाएका थिए ।

प्रतिकृया दिनुहोस्