हाम्रो देश
८ बैशाख २०७८, बुधवार

कति छ आजको सुनचाँदीको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । बिहीबार तोलामा ८९ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ९ सय रुपैँयाले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज छापावाल सुनको मूल्य ८९ हजार ९ सय निर्धारण भएको छ भने तेजावी सुनको मूल्य ८९ हजार ४५० कायम भएको छ। सुनको मूल्य वृद्धि हुँदा चाँदीको मूल्य पनि केही मात्रामा बढेको छ । चाँदी तोलामा २० रुपैँया बढेर १ हजार २ सय ८० कायम भएको छ ।

प्रतिकृया दिनुहोस्