विराटनगर । एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफुहरू वामपन्थीकै सरकारको पक्षमा रहेको र ओली नेतृत्वको सरकारलाई नै निरन्तरता दिने पक्षमा रहेको बताउनु भएको छ ।
शुक्रवार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता नेपालले पार्टीलाई संगठित गर्न ओली नै सक्रिय हुनुपर्ने बताउनु भयो । उहाँले एमालेलाई ०७५ साल जेठ २ गतेको पूर्ववत् अवस्था ल्याइए पार्टीभित्रको विवाद समाधान हुन सक्ने बताउनु भयो ।
उहाँले आफुहरु पार्टी भित्र संगठित हुन नसकेकाहरुलाई संगठित गर्ने अभियानमा लागेको र पार्टीलाई टुक्रयाउनुभन्दा पनि पुनर्गठित गर्न जुटेको बताउनु भयो । एक प्रश्नको जवाफमा नेता नेपालले कानुनी बाध्यताका कारण सांसद र जनप्रतिनिधिहरुलाई समानान्तर समितिहरुमा पुनसंगठित गर्न नसकिएको धारणा समेत व्यक्त गर्नुभयो ।