हाम्रो देश
५ बैशाख २०७८, आइतवार

गृहमन्त्री बादललाई पनि माओवादी केन्द्रले गर्‍यो कारबाही

२७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको सूचना संघीय संसदलाई दिएको छ । नेकपा एमाले प्रवेश गरेका उनले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए । अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ ।

यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो । दलका नेता शर्माका अनुसार चन्द्रबहादुर खड्कालाई पनि २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ ।

प्रतिकृया दिनुहोस्