हाम्रो देश
१९ असार २०७९, आइतवार

वैदेशिक रोजगार कष्टपूर्ण छ, नजाऔं – प्रधानमन्त्री ओली

काठमाडौं :    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भन्दा वैदेशिक रोजगारीका क्रममा अनेक कष्टको सामाना गर्नुपर्ने भएकोले स्वदेशमै प्राप्त रोजगारीमा रमाउन युवाहरुलाई आव्हान गरेका छन् । नयाँ वर्ष २०७८ को पहिलो दिन बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाको भावना बुझ्ने कुरामा आफ्नो नेतृत्वको सरकार शतर्क रहेको भन्दै विदेशको रोजगारी कष्टपूर्ण रहेकाले स्वदेशमै प्राप्त रोजगारी गरेर थप अवसरहरुको खोजी गर्नुपर्नेमा जोड दिएका हुन् ।

विगतमा माओवादीद्व न्द्वका कारण गाउँगाउँबाट ज्यान जोगाउन शहर आएका युवा शहरमा रोजगारी नभएपछि वाध्यताले वैदेशिक रोजगारीका लागि विदेश गएको भन्दै प्रधानमन्त्री ओलीले संवोधनका क्रममा अब परिस्थिति विगतको जस्तो नरहेको पनि जिकिर गरे ।

‘हिजो द्वन्द्वले गाउँ बस्ने अवस्था भएन शहर आए,शहरमा घर रोजगारी भएन त्यसपछि वदेश जाने शिलसिला भयो । अब आज त्यस्तो अवस्था रहेन । विदेश असुरक्षित र कष्टकपूर्ण छ । त्यसकारण देशभित्र बसौ, देश निर्माणमा जुटौ ।’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने ।

रोजगारी खोजी गरिरहेका युवाहरुलाई जे रोजगारी उपलब्ध छ त्यसलाई आत्मसात गरेर रोजगारीका अवसर प्रयोग गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड पनि रहेको थियो ।

उनले भने, ‘उपलब्ध अवसरको प्रयोग गरौ, उपयुक्तको खोजी गरौ, सरकार युवाहरुलाई रोजगारीको अवसर उपलब्ध गराउन चाहन्छ र उपयुक्त रोजगारीका अवसरको खाजी गर्ने छ । त्यस कारण म युवाहरुसंग आग्रह गर्न चाहन्छु ,रोजगारीको जो अवसर छ त्यसको उपयोग गरौ, देशको विकाससंगै रोजगारीको अवसर सिर्जना हुने छ ।’

प्रधानमन्त्री ओलीले सुनकोशी मरिन डाइभर्सन लगायतका ठूला परियोजनाका काम केही समयपछि नै शुरुहुने भन्दै काम शुरु भए रोजगारीको पनि संगसैगै विस्तार हुने दावी गरेका थिए । प्रधानमन्धी ओलीले स्वदेशमा श्रम सम्वन्धको राम्रो बातावरण बनेको भन्दै श्रमिक र रोजगारदातावीचको सम्वन्धमा समन्वय भएको टिप्पणी गरे ।

हाल करिब ४५ लाख युवाहरु खाडी, मलेसिया र युरोपका देशमा रोजगारी गरिरहेका छन् । उनीहरुले बार्षिक ९ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स पठाइरहेका छन् । प्रधामन्त्री ओलीले वाध्यताको वैदेशिक रोजगारीको अन्त्य गर्ने बताउँदै आए पनि देशमै रोजगारी सिर्जना हुन भने सकिरहेको छैन ।

वार्षिक करिब ३ लाख युवाहरु वैधानिक रुपमा वैदेशिक रोजगारीका लागि मलेसियालगायत खाडी देशहरुमा जाने गरेकोमा कोभिड–१९ का कारण उक्त रोजगारी बन्द प्राय छ । नेपालको श्रम बजारमा वार्षिक पाँच लाख युवा युवती नयाँ रोजगारीको खोजीमा बजारमा आउने गरेका छन् ।

त्यसलाई संवोधन गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ सालदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात गरेको छ । उक्त कार्यक्रमले प्रत्येक वर्ष श्रम बजारमा आउने करीव ५ लाख युवायुवतीलाई रोजगारीको न्युनतम प्रवन्ध गर्ने उदेश्य लिएको छ ।

तर हालै वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै कार्यक्रमका निर्देशक सुमन घिमिरेले यस ७ लाख ५० हजार बढी युवा बेरोजगारको सूचीमा दर्ता भएको बताएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चैत्र ६ गतेसम्म दर्ता भएका देशभरीका ७ लाख ५१ हजार ५ सय जना बेरोजगार मध्ये ३३ हजार ७ सय ५० जनाले रोजगारी पाएका मन्त्रालयले जनाएको छ ।