हाम्रो देश
१५ असार २०७९, बुधवार

सुर्खेतमा एक पुरुष मृत फेला

सुर्खेत :    घर भाडामा बस्दै आएका एक पुरुषको शव फेला परेको छ।

वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिणतर्फको खुल्ला चौरमा चिंगाड गाउँपालिका ६ का अन्दाजी वर्ष ३५ को जितेन्द्र चलाउनेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

वीरेन्द्रनगर नगरपालिक–१२ भावरटोलमा घरभाडामा बस्दै आएका चलाउनेलाई बिहान ७ बजे प्रहरीले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। शव पोष्टपार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ। घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनायो।