हाम्रो देश
२९ पुष २०७७, बुधवार

सिपिएलमा सन्दीपलाई अहिलेसम्मकै महँगो मूल्य

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रियिमयर लिग (सिपिएल)मा अहिलेसम्मकै महँगो मूल्यमा बिक्री भएका छन् । बुधबार राति लन्डनमा भएको ड्राफ्टमा सिपिएल बार्बादोस ट्रेइडेन्ट्सले सन्दीपलाई ७० हजार डलरमा किनेको हो । 

बार्बादोसले सन्दीपलाई पाँचौँ राउन्डमा किनेसँगै उनीले लागातार दोस्रो सिजन पिसपिएल खेल्ने पक्का भएको छ । अघिल्लो सिजनमा सन्दीपले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सबाट खेलेका थिए ।

प्रतिकृया दिनुहोस्