हाम्रो देश
१३ असार २०७९, सोमवार

एकै घरका तीन दिदीबहिनीले शुक्रबारदेखि सात अग्ला शिखर आरोहण गर्ने

काठमाडौँ –    एकै घरका तीन दिदीबहिनीले अग्ला शिखर आरोहण गर्ने भएका छन् । उनीहरुले शुक्रबारदेखि सात अग्ला शिखर आरोहण गर्ने बताइएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिम आरोही टोलीलाई आज बिदाइ गरेका छन् । आज आयोजित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान टोलीलाई बिदाइ’ कार्यक्रममा उनले नेपालको झण्डा हस्तान्तरण गरेका थिए ।

शिखर आरोहण गर्नेमा दोलखा, गौरीशङ्कर गाउँपालिका–९ बेदिङका एकै घरका तीन दिदीबहिनी ३० वर्षीया निमाजाङ्बु, २६ वर्षीया छिरिङनाम्गे र २४ वर्षीया दावाफुटी शेर्पाले रहेका छन् ।

उनीहरुले शुक्रबारदेखि सातै महादेशका सात अग्ला शिखर आरोहण गर्ने जनाइएको छ । आरोहीको तीन वर्षभित्र सातै हिम आरोहण गर्ने योजना रहेको बताइएको छ ।