हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

वीरगन्जमा ९० जनाको परीक्षण गर्दा ६ वर्षिय बालक सहित ४५ जनामा संक्रमण पुष्टि

वीरगञ्ज , बैशाख ४ गते । वीरगञ्जको नारायणी अस्पतालको प्रयोग शालामा गरिएको शनिबार गरिएको ९० जनाको आरटी पिसि आर परीक्षणमा एक जना ६ वर्षिय बालक सहित ४५ जनामा को’रोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टी हुनेमा पर्साका ३९ जना , बाराका ६ जना रहेका छन् । संक्रमण पुष्टि भएका बारा स्थायी घर भएपनि पर्सामा बसोवास गर्दै आएका उनीहरुको स्वाव नमूना वीरगञ्जमा नै संकलन गरिएको हो ।

६ वर्षदेखि ८२ वर्ष उमेर समुहका थपिएका संक्रमितमो २६ जना पुरुष र १९ जना महिलामा रहेका छन। संक्रमण पुष्टि भएका १४ जना संक्रमितको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको बताउदै कोभिड संयोजक डाक्टर सरोज रोशन दासले भन्नुभयो ‘केही दिन यताका परिक्षणहरुमा करिब आधा मा नै संक्रमण पुष्टि हुनुले स्थिति खराब बन्दै गएकोे छ ।’

संक्रमितहरुको संक्रमण सार्न सक्ने सिटी भ्यालु १४.६ देखि ३५ सम्म रहेको छ । सामान्यतः सिटी भ्यालु २९ देखि माथि भएमा संक्रमितबाट संक्रमण छिटो नसर्ने बताईन्छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिवार साँझ ९० जनाको स्वाब नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका कोभिड कोर्डिनेटर डा. सरोज रोशन दासले जानकारी दिएको खबर गोरखापत्र दैनिकमा खबर छ ।