हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

असिना पानीका कारण तरकारी बारीमै नष्ट

विराटनगर । शुक्रबार राति आएको असिना पानीले मोरङको कटहरी र जहदा गाँउपालिकामा लगाइएको तरकारी बारीमै नष्ट गरेको छ। किसानका करिब २ सय ५० बिगाहामा लगाइएको टमाटर खेतीमा ठूलो क्षति पुगेको छ। त्यस्तै, असिना का कारण लौका, बन्दा, खुर्सानी, साग, काँक्रालगायतका तरकारी नष्ट भएको किसानले बताएका छन। असिना पानीका कारण टमाटर भुइमा झरेको छ भने धेरै जसो चोट लागेकाले दुई तीनदिन भित्रमा विक्री नभए टमाटर कुहिने कृषकहरुले गुनासो गरेका छन्।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यस क्षेत्रमा उत्पादन गरिएको टमाटर प्रति बिगाहा ९० हजार किलोसम्म उत्पादन हुन्छ ।

प्रति किलो ११ रुपैयासम्म विक्री हुने टमाटर असिना पानीका कारण ८ रुपैया प्रति किलोसम्म बेच्न तयार रहँदा पनि बारीमा किन्न कोही नआएको कृषकको गुनासो छ। चो’ट लागेका टमाटर टोमेटो सस र केटचप बनाउन प्रयोगगर्न सकिने भएकाले प्रदेश सरकारले विक्रीका लागि पहल गरिदिनुपर्ने कृषकहरुले आग्रह गरेका छन् । उनीहरुले टमाटर किन्नको लागि बाहिरका जिल्लाबाट आउने गरेको भएपनि पछिल्लो समय भारतबाटै सस्तोमा तरकारी ल्याउने भएकाले व्यापारीहरु नआएको बताएका छन् । विगत दुई वर्षदेखि टमा टर लगायत तरकारी खेतीमा धेरै घाटा व्यहोर्दै आउनु परेकोले आगामी दिनमा तरकारी खेती नगर्ने सोच बनाएको कृषक जितेन्द्र सिंहले बताएका छन् ।