हाम्रो देश
१२ असार २०७९, आइतवार

फलामको रडले टाउकोमा हानेर भाउजुको ह’त्या

काठमाडौं । काठमाडौंमा भाउजुको ह’त्या गरेको आरोपमा एक जना देवर पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार काठमाडौं महानगरपालिका १० अनामनगरमा भाउजु रोशनी राजभण्डारीको ह’त्या गरेको आरोपमा देवर मोहन राजभण्डारीलाई पक्राउ गरिएको हो

भाउजु रोशनीलाई देवर मोहनले फलामको रडले टाउकोमा हानेर ह’त्या गरिएको जनाइएको छ । मोहनले बुलबुले मार्गको गल्लीमा भाउजुलाई रडले टाउकोमा हानेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । भाउजुको मृत्यु ट्रमा सेन्टरमा उपचारका क्रममा भएको बताइएको छ। प्रहरीका अनुसार भाउजुको ह’त्या गरेको स्वीकार गर्दै मोहन राजभण्डारी आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएका छन् ।