हाम्रो देश
१२ असार २०७९, आइतवार

रामकुमारी झाँक्रीको टिप्पणी : दुनियाँमा सबै प्रकारका विद्रोहहरूले समय क्रममा वैधता प्राप्त गरेका छन्

काठमाडौं, ५ बैशाख । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले विद्यमान संरचना, प्रणाली र प्रवृत्तिहरुको विरुद्ध गरिएको विद्रोहको सधैं वैद्यता हुने दाबी गरेकी छिन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएकी हुन् ।

पछिल्लो समय नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेशको सरकार जोगाउनको लागि माधव नेपाल पक्षधर चार जना सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिएर विद्रोह गरेका थिए । यही प्रसँगमा नेतृ झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन् । उनले लेखेकी छिन्–‘विद्यमान संरचना, प्रणाली र प्रवृतिहरूको विरूद्ध गरिएको बिद्रोहको सधै वैधता हुन्छ। दुनियाँमा सबै प्रकारका विद्रोहहरूले समय क्रममा वैधता प्राप्त गरेका छन्।