हाम्रो देश
१२ असार २०७९, आइतवार

कम्युनिष्ट/मार्क्सवादीहरूमाथि खनिए कमल थापा, दिए यस्तो चूनौती

काठमाडौं  ।    राप्रपाका अध्यक्ष कमल थापाले कम्युनिष्ट/मार्क्सवादीहरुलाई मठ/मन्दिरप्रतिको कृत्रिम चुनावी मोह नगरी हिन्दूराष्ट्र पूनःस्थापना गर्ने साहस देखाउन आग्रह गरेका छन् । उनले प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नामै नलिई यस्तो टिप्पणी गरेका हुन् । आजमात्रै प्रचण्डले चितवनको माडीको अयोध्यापुरी पुगेर ‘कम्युनिस्टहरू धर्म–संस्कृति मान्दैनन् भन्नु बिल्कुल झुटो प्रचार हो’ भन्ने अभिव्यक्ति दिएका थिए ।

दाहालको यस्तो भनाई आएको बेलामा अध्यक्ष थापाको यस्तो भनाई आएको हो । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–‘हिन्दुराष्ट्रको पहिचान समाप्तपारी धर्मपरिवर्तनको बिदेशी एजेण्डा कार्यान्वयनगर्ने,धर्मलाई अफिम ठान्ने,ईश्वरको अस्तित्व अस्विकार गर्ने,संस्कृति परम्परा मास्ने कम्युनिष्ट/मार्क्सवादीहरूलाई मठमन्दिरप्रतिको कृत्रिम/चुनावी मोह होईन हिन्दुराष्ट्र पुनस्थापनागर्ने साहस देखाउन आग्रह गर्दछु ।’