हाम्रो देश
१२ असार २०७९, आइतवार

मंगलबार एप्पलले कुन–कुन नयाँ उत्पादन घोषणा गर्ला?

मंगलबार (अप्रिल २०) एप्पलले विभिन्न नयाँ उत्पादनहरू घोषणा गर्ने भएको छ। अमेरिका, क्यालिफोर्नियास्थित एप्पल पार्क क्याम्पसको स्टिभ जब्स थियटरमा हुने ‘स्प्रिङ लोडेड लन्च इभेन्ट’ मार्फत् एप्पलले आफ्ना उत्पादन घोषणा गर्ने द इन्डियन एक्सप्रेसले लेखेको छ।

उक्त दिन एप्पलले नयाँ डिजाइनको आइम्याक्ससँगै आइप्याड प्रो, एयरपड्स-३ लगायत अन्य ग्याजेट सार्वजनिक गर्नसक्छ।

द इन्डियन एक्सप्रेसका अनुसार एप्पलले उक्त दिन निम्न उत्पादनहरू घोषणा गर्नसक्नेछ।

नयाँ आइप्याड प्रोः

अब आउने आइप्याड प्रो हाल भइरहेभन्दा खास फरक नदेखिने तर, नयाँ फिचरका साथमा आउने बताइएको छ। यसमा मिनी एलइडी डिस्प्ले हुनेछ। ११ इन्च र १२.९ इन्चको दुवै ट्याब्लेटमा ए-१४ चिपसेट हुनेछ। कसैकसैले यसमा एम-१ चिपसेट हुने अनुमान पनि लगाएका छन्। एम-१ अहिलेको म्याकबुक एयर र म्याकबुक प्रोमा पाइन्छ।

एप्पल पेन्सिल-३ः

सोही दिन एप्पल पेन्सिलबारे पनि घोषणा गर्नसक्ने अनुमान छ। सन् २०१८ मा आइप्याड-प्रोसँगै एप्पल पेन्सिल सार्वजनिक गरिएको थियो। अहिले एप्पलले दुई संस्करणमा उक्त पेन्सिल बिक्री गर्छ जसमा पहिलो मोडल पनि समावेश छ। अब आउने पेन्सिलमा नयाँ सेन्सर जडान हुने अनुमान छ। यो नयाँ पेन्सिलले २०२१ मा बनेका आइप्याड-प्रोमा मात्रै काम गर्नसक्ने पनि चर्चा छ।

आइम्याकः

अब एप्पलका कम्प्युटरहरू अपग्रेड भएर आउनसक्छ। यो ठूलो स्क्रिनसहित नयाँ डिजाइनमा हुने अनुमान लगाइएको छ। द इन्डियन एक्स्प्रेसका अनुसार एक दशकदेखि आइम्याक पुनः डिजाइन गरिएको छैन। सन् २०१२ मा थोरै नयाँपन दिइएको र विगतमा केही अद्यावधिक गरिए पनि यसमा खासै फरकपन छैन।

उपभोक्ताले पनि आइम्याक नयाँ डिजाइनमा हेर्न चाहिरहेको पाइएको छ। त्यसैले अप्रिल २० मा सार्वजनिक हुनसक्ने आइम्याक नयाँ रूपमा देखिने अनुमान छ।

नयाँ आइम्याकको डिस्प्ले साइज ३२ इन्च र एप्पलको ‘अल इन वन डेस्कटप मेसिन’ हुन सक्नेछ। गत जनावरीमा ब्लुमवर्गद्वारा जारी रिर्पोटअनुसार नयाँ आइम्याकको डिजाइन एप्पलकै ‘प्रो डिस्प्ले एक्सडिआर मोनिटर’बाट प्रेरित हुनसक्छ।

आइओएस १४.५ः

अप्रिल २० मा एप्पलले आइओएस १४.५ पनि सार्वजनिक गर्नसक्ने अनमान छ। यसमा मास्क लगाएका बेलामा पनि अनुहार देखाएर सजिलै खोल्न सकिने विशेषता हुन सक्छ। यसमा नयाँ एप ‘ट्रयाकिङ ट्रान्सपरेन्सी पोलिसी’ अपडेट गरिएको बताइएको छ।

अन्य उत्पादनः

एप्पलले अरू उत्पादन पनि घोषणा गर्नसक्ने हल्ला छ। तर कुन–कुन उत्पादन भन्नेबारे अहिलेसम्म बलियो यकिन छैन। द इन्डियन एक्स्प्रेसका अनुसार उपभोक्ताले नयाँ एयरपड चाहिरहेका छन् र कम्पनी यसबारे सोचिरहेको पनि छ।

यससँगै एप्पलले आफ्नो टिभी फोकेमा काम गरिरहेको छ। नयाँ टिभीमा शक्तिशाली प्रोसेसर, रिमोट कन्ट्रोलर लगायत विशेषता हुने अनुमान छ। एप्पल टिभीमा ३० नयाँ गेम र नयाँ भिडियो समेत समावेश गरिने अनुमान रहेको द इन्डियन एक्सप्रेसले जनाएको छ।