हाम्रो देश
१९ असार २०७९, आइतवार

अब माक्स नलगाउने यात्रुलाई सवारी साधन चढ्न नदिइने

काठमाडौँ  ।    नयाँ भेरियन्टको कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न अब सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ ।आज सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सवारी साधन प्रयोग गर्दा अनिवार्य रुपमा माक्सको प्रयोग गनुको साथै सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने निणर्य गरेको हो ।

माक्स नलगाउने यात्रुलाई सवारी साधन चढ्न नदिने सञ्चार तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले जनाएका छन् । त्यस्तै, सवारी चालक तथा सहचालकले यात्रुलाई बढीमा १० रुपैयाँमा मास्क बेच्न सक्ने निर्णय पनि गरेको छ । लामो दुरीका सवारी साधनमा बिचमा यात्रु हाल्न नपाइने यात्रुको विवरण जिल्लास्तीय डीसीएमसीमा दिनुपर्ने व्यवस्था समेत गरिने निणर्य गरिएको छ ।