हाम्रो देश
११ असार २०७९, शनिवार

अधिकृत भएपछि श्रीमानलाई वैदेशिक रोजगारीबाट छुटाएर लोकसेवा पास गराउने श्रीमती, दिइन् यस्ताे कारण

गीता आचार्य, शाखा अधिकृत

निजामती सेवालाई समाजको मर्यादित र प्रतिष्ठित पेसाका रूपमा लिइन्छ । तर, बढ्दो आकर्षणका कारण लोकसेवामा चर्को प्रतिस्पर्धा हुन्छ । महिलाको हकमा आरक्षण सुविधा भए पनि लोकसेवा पास गर्नु पहिलेभन्दा निकै चुनौतीपूर्ण हुँदै गएको छ । त्यसैले लोकसेवा पास गर्न अथक मिहिनेत र नियमित अध्ययन जरुरी हुन्छ। स्नातक तहमा व्यवस्थापन संकायको विद्यार्थी भएकाले मेरो सपना बैंकर बन्ने थियो ।

त्यसैले पनि लोकसेवा पढ्ने सोच मेरो दिमागमा कहिल्यै आएन । स्नातक तह अध्ययनका क्रममा बुबाले किनेर ल्याइदिनुभएको लोकसेवाका किताब धमिराले धुल्याउँदासम्म पनि हेरिनँ ।