हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

पाँच पूर्व प्रधानमन्त्रीमाथि सूर्य थापाको यस्तो आरोप

काठमाडौं  ।   प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पाँच पूर्व प्रधानमन्त्रले ओलीविरुद्ध मोर्चाबन्दी कसेर अस्थिरता निम्त्याउन लागिपरेको आरोप लगाएका छन् ।

पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीवरुद्ध मोर्चाबन्दी कसेको थापाको आरोप छ । उनले पाँच पूर्व प्रधानमन्त्री बराबर एक ओली काफी भएको समेत संकेत गरेका छन् । पूर्व प्रधानमन्त्रीहरूको ‘संयुक्त मोर्चा’ अस्थिरता र छलछाममा संलग्न रहेको आरोप समेत सल्लाहकार थापाले लगाएका छन् ।