हाम्रो देश
१४ असार २०७९, मङ्गलवार

वीरगञ्जमा कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु

वीरगञ्ज, बैशाख ८ गते । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत सर्लाही जिल्लाको मलंगवाका ४२ वर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बुधबार बिहान १० बजे मृत्यु भएको छ । नारायणी अस्पतालको कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार मंगलबार एन्टिजेन परिक्षण गर्दा पोजेटिभ देखिएका ती सर्लाही जिल्लाको मलंगवाका ४२ वर्षीय पुरुष संक्रमितको उपचारको क्रममा बुधबार बिहान १० बजे नारायणी अस्पतालमा मृत्यु भएको हो । मृतकमा कडा खालको निमोनिया देखिएकाउहाँले जानकारी दिनुभयो ।

नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासका अनुसार हाल ३२ जना संक्रमितहरु वीरगञ्जका बिभिन्न अस्पतालमा उपचाररत रहेका छन् त्यसमध्ये १० जना आईसियूमा उपचाररत छन्।कोरोनाको दोस्रो लहर शुरु भए यता वीरगञ्जको नारायणी अस्पतालमा ५ जनाको उपचारकोक्रममा मृत्यु भईसकेको छ भने वीरगञ्ज कै नारायणी बयोधा अस्पतालमा अन्य दुई जनाको उपचारकोक्रममा मृत्यु भएको छ । यसरी कोरोनाको दोस्रो लहर शुरु भए यता पर्सामा उपचाररत ७ जना संक्रमितले ज्यान गुमाईसकेका छन् । मृत्यु भएका ७ जनामा पर्साका ५ जना, बारा र सर्लाहका १/१ जना रहेका छन् भने यसको अतिरिक्त पर्साका एक जना संक्रमितको चितवनमा उपचारको क्रममा ज्यान गएको थियो ।