हाम्रो देश
११ असार २०७९, शनिवार

जानकी मन्दिरको माटो र कोशीको जल सहित ४० गाडी भक्तालु बोकेर प्रदेश २ का प्रमुख चितवनको माडीमा

काठमाडौं । श्रीरामनवमीको अवसर पारेर चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति आज प्रतिस्थापन गरिँदै छ । उक्त समारोहमा प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज पनि सहभागी हुने भएका छन् । जनकपुरस्थित जानकी मन्दिरभित्रको माटो, गंगासागरको जल, बराह क्षेत्रस्थित चतराधामको माटो र कोशी नदीको जल लिएर अहिराज माडी पुगेका हुन् ।

उनले धार्मिक पर्यटन, सामुदायिक सद्भाव, ऐतिहासिक अवसर र राम जन्मभूमिको महत्वलाई थप बलपुग्ने अपेक्षा व्यक्त गरे। जनकपुरबाट ४० वटा गाडीमा श्रद्धालुहरु सहित उहाँ माडी तर्फ प्रस्थान गरेका हुन्। रामनवमीको अवशर पारेर आज माडीमा रामसीताको मूर्ति प्रतिस्थापन गर्ने तयारी रहेको छ । सोही दिनलाई मध्यनजर गर्दै प्रमुख झा ठूलो टोली सहित माडी प्रस्थान गरेका हुन् ।

धा’र्मिक, सांस्कृतिक सम्पदाको रक्षा र पर्यटन प्रवद्र्धनका लागि आफ्नो भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा राम रामको जन्म अयोध्या पुरीमा भएको दाबी गर्दै सो स्थानमा राम, सीता, लक्ष्मण र हनु मानका मूर्ति राख्ने घोषणा गरेका थिए । सोही घोषणा बमोजिम प्रधानमन्त्री ओलीले वालुवा टारबाट मंगलबार पूजाआजा गरी रामसीताको मूर्ति उच्च सुरक्षाका साथ माडी पठाएका थिए । सोही मूर्ति प्रतिस्थापन कार्यक्रममा प्रदेश ३ को सरकारका मन्त्री, प्रमुख, मान नीय लगायत उच्च पदस्थ व्यक्तिको सहभागिता हुने भएका हुन् ।