हाम्रो देश
११ असार २०७९, शनिवार

एमालेको पार्टी कार्यालय थापाथली हाइटमा, प्रधानमन्त्री पनि पार्टी कार्यालयमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको पार्टी कार्यालय औपचारिक रुपमा थापाथली हाइटमा सरेको छ । धुम्बाराहीबाट औपचारिक रुपमा आज थापाथली हाइटमा सरेको हो । पार्टी कार्यालय बल्खुमा भवन शिलान्यास गरेकै दिनबाट थापाथलीबाट नियमित काम शुरु भएको छ ।

थापाथलीबाट पार्टी कार्यालय सञ्चालनमा आएपछि प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवलोकन गर्नु भएको छ । उपत्यकाको चप्पलका कारखाना स्थित रहेको पार्टी कार्य यही वैशाख १ गते सरेको थियो । बल्खुमा भवन निर्माण सम्पन्न नभए सम्मका लागी भाडामा कार्यालय राख्न पर्ने र धुम्बाराहीबाट सर्नपर्ने स्थिती सृजना भएकोले कार्यलय सारिएको कार्यलय सचिव ईश्वरी रिजालले जानकारी दिनुभएको छ ।