हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

योहो टेलिभिजनको युट्युब च्यानल ह्याक

योहो टेलिभिजनको युट्युब च्यानल ह्याक भएको छ । बुधबारदेखि टेलिभिजनको युट्युब च्यानल अज्ञात स्रोतले ह्याक गरेको सो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले जानकारी दिए ।
मिडिया अलाइन्सका अध्यक्ष भास्करराज राजकर्णिकारले गैरकानुनीरुपमा अवैधानिक तत्वहरुले गैरकानुनी रुपमा मुलधारका लोकप्रिय च्यानल र छापाहरुको अनलाइन पोर्टलहरुमा क्षति पुर्याउने क्रम बढेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

बिहीबार उनले जारी गरेको विज्ञप्तिमा युट्युब च्यानल ह्याक भएपछि संस्था र सम्बन्धित संचारगृहले प्राविधिक समस्या हल गर्न तदारुकताका साथ लागिपरेको उल्लेख गरिएको छ । अलाइन्सले गैरकानुनी कार्यमा संलग्न व्यक्ति तथा संस्थालाई तत्काल छानबिन गरी कारबाहीको माग पनि सम्बन्धित पक्षसँग गरेको छ ।