हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

खनाल–नेपालसहित १५ नेताको अपिल– पार्टी विसर्जनको डिलमा पुगेको छ,बचाऔँ

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ नेताले एक अपिल सार्वजनिक गर्दै नेकपा एमाले पार्टी आज अचानक विभाजन र विसर्जनको डिलमा पुगेको बताएका छन् । ७२ औँ पार्टी स्थापना दिवसका सन्दर्भमा एकताको अपिल गर्दै उनीहरुले यस्तो बताएका हुन् ।

“एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ । यही अठोटका साथ ७२ वर्षको मिहेनतले निर्माण भएको कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न सवैले आ आफ्नो ठाउँबाट प्रयाश गरौं । पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिष्ट पार्टीका आम नेता तथा कार्यकर्ता र समर्थक सुभचिन्तक सवैमा हामी यही हार्दिक अपिल गर्दछौं,” उनीहरुले भनेका छन् ।