काठमाडौँ / देशका मुख्य राजनीतिक दलहरुबीच घोर विभाजनको अवस्था सिर्जना भएका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेट भएको छ ।लामो समयको वि’वादपछि दुवै जनाबीच काठमाडौंको मेरियट होटलमा मिलन भएको हो ।
नेता नेपाल र अध्यक्ष ओलीबीच भएको भेटले एमालेमा विभाजनको अवस्थामा पुगेका दुवै समुह फेरि मिल्न सक्ने संकेत देखिएको छ ।