हाम्रो देश
१३ असार २०७९, सोमवार

एमसीसीबारे मतदानमा जान प्रधानमन्त्री ओलीलाई रावलको चुनौती

काठमाडौं ।    पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चुनौती दिदै एमसीसीबारे मतदानमा जानका लागि भनेका छन् । उनले मतदानबाट एमसीसीबारे टुंगो लगाउने गरी आउन चुनौती दिएका हुन् ।

ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै एमसीसीबारे मतदानमा जान भनेका हुन् । रावलले अधिकांश नेपाली नागरिकले एमसीसी सम्झौताको विरोध गरिरहेको दाबी गर्दै एमसीसी देशमा लागू हुँदा कति नेपाली नागरिक खुशी छन् भन्ने एकिन तथ्यांक जान्न मतदानमा जान ओलीलाई चुनौति दिए ।

रावलले पार्टी अध्यक्ष ओलीले आजका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकलाई अवैध भने । एमालेको नवौं महाधिवेशन मान्ने जो कोहिले ओलीले बोलाएको बैठक बहिष्कार गर्ने दावी गर्दै अवैध बैठकमा सहभागी हुन नसक्ने तर्क गरे ।

आवेशमा आएर कुनै पनि निर्णय गर्न नहुने नेता रावलले बताए । रावलले राष्ट्र र राष्ट्रियताको पक्षमा आफू सधैँ बोल्ने दावी गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक मर्यादा नाघेर पद जोगाउन खोजेको आरोप लगाए ।