हाम्रो देश
११ असार २०७९, शनिवार

कोभिडलाई देखाएर हुन सक्दैन दुनियाँले देखेको कुम्भ मेला र लुकेर गरेको तबिलगी जमातको तुलना

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमण दिन प्रतिदिन बढ्दो छ । बढ्दो संक्रमणदरलाई ध्यानमा राखेर १२ वर्षमा एकपटक आउने हिन्दु धर्मको प्रतिष्ठित कुम्भ मेला पनि छोट्याएर स्थगित गरियो । मार्च ११ देखि पहिलो शाही स्नान भएर सुरु भएको महाकुम्भ अप्रिल महिनाको ३० तारिखसम्म चल्ने सेड्युल थियो । तर बढ्दो संक्रमणलाई मध्यनजर गर्दै उत्तराखण्ड सरकार र धार्मिक संघसंस्थाले बिचमै स्थगित गरे । अहिले महाकुम्भका अवसरमा गंगामा स्नान रोकिएको छ । संक्रमण बढ्न नदिन दशककै ऐतिहासिक कुम्भ मेला रोकेर सहयोग गरेका बेला पश्चिमा र अरबी मिडियाले कुम्भ कोरोना संक्रमण बढाउने स्थल बनेको भन्दै प्रचार गरिरहेका छन् । यसमा चिनियाँ मिडिया पनि संलग्न छन् ।

जबकी कोरोना ल्याउने चीन हो भने चर्चमा, पपमा, डान्सबारमा मस्ती गर्ने क्रश्चियनहरुको युरोप, इटाली सोत्तर भएको लुकेको छैन । संसारभर क्रिश्चियानिटी फैलाउन उद्धत पश्चिममा शक्ति पूर्वीय दर्शनको जननी भारत र सनातन हिन्दु धर्ममाथि प्रहार गर्न कुम्भ कोभिड संक्रमणको केन्द्र बनेको भन्दै आलोचनामा उत्रिएका छन् । अरु त अरु उनीहरुले यसलाई गत वर्ष कोरोनाको सुरुवातमा दिल्लीमा भएको तबलिगी जमातसँग तुलना गरिरहेका छन् । यसमा हिन्दुमाथि प्रहार गर्ने इसाईका साथै भारतभित्रै मुस्लिमहरु पनि सक्रिय भएका छन् । नेपालमा पनि यसको चर्चा छ । नेपालका मिडियाले पनि तबलिगी जमातसँग कुम्भ मेलालाई जोडेर तुलना गरेका छन् । नेपालमा पश्चिमा र चिनियाँ निकट मिडिया तथा व्यक्तिले दुबैलाई जोडेर भारत सरकारको आलोचना गरेका छन् । हिन्दुवादी भाजपाको आलोचना गरेका छन् । उनीहरुले कुम्भ रोकेर संक्रमण नियन्त्रणमा दिएको योगदानलाई वेवास्ता गरेर हिन्दु धर्म र हिन्दुवादी भाजपाको सरकारमाथि प्रहार गर्ने उद्देश्यले प्रचार गरेका छन् ।

जबकी गत कोरोना संक्रमण बढ्दै जाँदा सरकारलाई समेत जानकारी नदिएर नयाँ दिल्लीमा मुसलमानहरुले तबलिगी जमात आयोजना गरे । जुन कोभिड-१९ संक्रमण फैलाउने केन्द्र बन्यो । जसलाई केहीले ‘मानव वम’ को संज्ञा पनि दिए । निजामुद्दिन मरकज (बंगलेवाली) मस्जिदमा आयोजना गरिएको एक धार्मिक सभा तबलिगी जमातबाट कोभिड-१९ को संक्रमण फैलिएको थियो । हजारौं सहभागी भेलाको असर नेपालसम्म पर्यो । नेपालगंजमा एक मदरसाका शिक्षक नै संक्रमित भए । उनी जमातबाट फर्किएका थिए । उनले करिब २५ भन्दा धेरैलाई संक्रमण सारे । नयाँ दिल्लीमा लुकेर गरिएको जमातले भारतमात्र होइन नेपाल लगायत मुस्लिम देशहरुमा समेत संक्रमण पुग्यो । मलेसिया, म्यान्मार, अफगानिस्तानका मुसलमानहरु पनि त्यहाँ थिए । संक्रमण बढिरहेका बेला आयोजना गरिएको सभा धेरै देशमा संक्रमण पुर्याउने माध्यम पनि बन्यो । पछि अनुसन्धान गर्दा मात्रै धेरै कुरा बाहिर आए । तर कुम्भ मेला लुकेर र आकस्मिक गरिएको होइन । अर्को कुरा संक्रमण बढ्दै गर्दा स्थगित पनि गरिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री तिरथसिंह रावतले हरिद्वारको कुम्भ मेलालाई गत वर्ष दिल्लीको निजामुद्दिन तबलिगी जमातसँग तुलना गर्न नमिल्ने स्पष्ट पारिसकेका छन् । किनकि परिवेश फरक छ । मान्यता फरक छ । सस्तो आलोचना उपयुक्त छैन । त्यतिवेला जमातमा सहभागी एउटा बन्द कोठामा रहेको र कुम्भ मेलामा सहभागी खुला आकाशमा रहेको बताउँदै मुख्यमन्त्री रावतले भने, ‘यहाँ त गंगा बगिरहेको छ। मा गंगाको प्रवाह र आशीर्वादले कोरोनाको संक्रमण टाढा रहने छ। मा गंगाले यसलाई फैलिने दिने छैनन्। त्यसैले जमातसँग यसलाई तुलना गर्ने प्रश्न आउँदैन ।’ मुख्यमन्त्रीले भनेजस्तै तबलिगी जमात र कुम्भ मेलाको तुलना कोभिडसँग जोडेर हुँदैन । यो भनेको बाघ र स्यालको तुलनाजस्तै हो ।

कुम्भ मेलाका केही तथ्यहरु

आलोचकले के बुझ्नुपर्छ भने प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा साधु र सन्तहरूले कुम्भ मेला समय अगावै बन्द गर्ने निर्णय गरे । त्यसकारण सरकारले केही गरेन भन्नु कुण्ठा मात्रै हो । साधु सन्तहरुले प्रहरी र मेडिकल टोलीलाई सहयोग गरे । परीक्षण पनि गराए ।

कुम्भका क्रममा उनीहरुले सारा संसारको कल्याणका लागि प्रार्थना गरे । न कि कुनै धर्म वा क्षेत्रका लागि । साथसाथै कोभिड संक्रमण बढेको कुरामा गल्ती स्वीकार गर्दै कुम्भ नै रोके । सरकारसँग टकराव गरेनन् । तबलिगी जमातजस्तो लुकेर गर्ने र संक्रमण फैलिँदा स्वीकार नगर्ने काम हिन्दु साधु सन्त र धर्मगुरुले गरेनन् ।

तबलिगी जमातको चरित्र

तबलिगी जमातहरुले आफ्नो समुदायमा फैलिएको कोरोना संक्रमण केसबारे प्रहरीलाई जानकारी दिएनन् । मलेसियाका कैयौ जामाती धार्मिक भिसाको सट्टा भिसिट भिसामा भारत आए । कोरोनाबाट पीडित भइसकेपछि उनीहरुले परीक्षण गर्न मानेनन् । उल्टै उनीहरुले अल्लाहले बचाउने जिकिर गरे । जमातीहरुले मेडिकल टिम र प्रहरीलाई गुमराहमा राखे । बहिष्कार गरे । तिरस्कार गरे ।

जमातीहरु नयाँ दिल्लीबाट फर्केर विभिन्न मस्जिदमा लुकेर बसेका थिए । जसले अन्य मानिसमा कोरोना फैलाउन भूमिका खेल्यो । मस्जिद कोरोनाको घर बन्ने अवस्था सिर्जना गरे । जमातीका नाइके सार्वजनिक रुपमा देखा परेनन् । बरु उनले गलत भाषा प्रयोग गरे ।

हो, प्रधानमन्त्री मोदीको आह्वानमा साधु र सन्तहरूले हरिद्वारको कुम्भ छोट्याए र यसलाई बन्द गर्ने निर्णय गरे । साधु र सन्तहरू सबै मेडिकल टlमसँग सहयोग गरे र स्वास्थ्य परीक्षणका लागि गए । जमातीजस्तो लुकेर बसेनन् ।

अर्कोतर्फ, जमातीहरुले सरकारलाई सहयोग गरेनन् । तिनीहरूले मेडिकल टोलीसँग दुर्व्यवहार गरे । परीक्षणबाट जोगिन अनेक प्रयास गरे । जसले संक्रमणलाई उच्च दरमा फैलाएको थियो । अर्कोतिर कुम्भबाट स्नान गरेर फर्केकालाई सबै राज्यमा भारतमा क्वारेन्टाइनमा राखिएको छ । यी तथ्यहरुलाई बिर्सेर कुम्भ र जमातीको तुलना गर्नु, त्यसैका आधारमा मुस्लिममाथि प्रहार गरिएको भन्नु मनासिव हुँदैन । यो सिधा सिधा हिन्दुमाथिको प्रहार हुनेछ ।

रोगसँग कसैले खेलवाड गर्नुहुँदैन भन्ने यो कुरालाई सबैले मान्नुपर्छ । तर पर्याप्त सावधानी अपनाएको र बिचमै रोकिएको पवित्र कुम्भ मेला र बन्द कोठाभित्र गरिएको तबलिगी जमातको अहिलेको अवस्थामा हुनै सक्दैन । तबलिगीभन्दा कैयौ गुणा सावधानी कुम्भमा अपनाइएको कुरा बुझ्न जरुरी छ । अर्को कुरा कुम्भको अन्तरसम्बन्ध जनताले बेड नपाएको, नेताहरु चुनावप्रति केन्द्रीत भएसँग कुनै सरोकार छैन ।